३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१६ क्रिकेट : सुदूरपश्चिम छनोटको तालिका सार्वजनिक

अ+ अ-

बैतडी । एसिसी मेन्स यू–१६ इस्ट जोन कप, २०२५ को सुदूरपश्चिम छनोट बैतडीमा हुने भएको छ । प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ र बैतडी जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा नेपाल क्रिकेट संघमा अबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ । 

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला छन् ।

यही जेठ ८ गते हुने पहिलो तथा उद्घाटन खेल बैतडी र बझाङबीच हुनेछ । सोही दिन हुने अर्को खेल डडेल्धुरा र डोटीबीच प्रतिस्पर्धा हुनेछ । 

जेठ ९ गते बैतडी र डडेल्धुरा र बझाङ र डोटीबीच हुनेछ भने जेठ १० गते डडेल्धुरा र बझाङ तथा बैतडी र डोटीबीच हुनेछ । जेठ ११ गते अछाम र कैलाली तथा कञ्चनपुर र दार्चुलाबीच हुने जनाइएको छ । साथै जेठ १२ गते अछाम र कञ्चनपुर तथा कैलाली र दार्चुला खेल्नेछन् ।

जेठ १३ गते कैलाली र कञ्चनपुर तथा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ । जेठ १४ गते समूह ‘ए’ विजेता र ‘बी’को विजेता उपाधिका लागि खेल्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिनेछ । 

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ । 

प्रतिक्रिया दिनुहोस