३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमाको काखभन्दा माथि

अ+ अ-

म जति उभो पुगे पनि, आमा, तपाईंको काखभन्दा माथि कहिल्यै पुग्न सक्दिन।

धेरै टाढा, कुनै साँघुरो पाखामा, हरियालीले ढाकिएको एउटा सानो गाउँ छ। त्यही गाउँमा मेरी आमा- धर्तीझैं सहनशील, आकाशझैं असीम र विशाल, मनैमनकी धनी, असल विचारले सुशोभित- भोलिको दिन राम्रो हुनेछ भन्ने आशामा सधैँ टुक्लुक्क बसेर प्रतीक्षा गरिरहन्छिन्।

म अहिले सदरमुकाममा असाध्यै व्यस्त छु। कागज र फाइलहरूको बीचमा गुम्सिएको मेरो जीवन, आमाको हातले पकाएको गुन्द्रुकको झोलभन्दा नीरस र सौन्दर्यहीन लाग्छ। म सोच्छु, के वास्तवमै म आफ्नै लागि जिइरहेको छु?

धेरै समय भइसक्यो, मैले आमालाई अँगालो हालेको छैन। बिहानको अफिसको हतारो, बेलुकाको थकित शरीर- कहिल्यै पनि आमासँग एक पूरा दिन बिताउने गरी केही पल चोर्न सकिनँ। तर आज, चिसो हावाले मेरो अनुहार चुमिरहँदा, म एक्लै अफिसको झ्यालबाट बाहिर हेरिरहँदा,

कल्पनामा आमा देखापरिन्- माटोले लिपिएको घरको आँगनमा ढाड चोबर्दै, पाटीमा बसेर मेरो डायरीको पाना पल्टाउँदै। मलाई सम्झँदै, बेलाबेला आकाशतिर टोलाइरहिन् र आफ्नै आँखाबाट आँसु झारिन्।

आफ्नो व्यस्तताको बीचमा, मैले आमाको मायालाई बेवास्ता गरेको पूर्ण रूपमा महसुस भयो। आमाले कहिल्यै गुनासो गर्नुभएन। बरु, मेरो सफलताको हरेक खबरले उनको आँखामा उज्यालो थपिन्थ्यो। तर मैले उनलाई दिनुपर्ने समय अझै दिन सकिनँ। आज मनैदेखि कसम खाएँ- महिनाको अन्त्यमा गाउँ जानेछु। आमाको हात समातेर भन्नेछु, “आमा, तपाईं नै मेरो पहिलो विद्यालय, पहिलो देवता, पहिलो प्रेरणा। म जति उभो पुगे पनि, तपाईंको काखभन्दा माथि कहिल्यै पुग्न सक्दिन।”

आफ्नै भावनाले निथ्रुक्क भिज्दै, मनभित्र आमालाई अँगाल्दै म झस्किएँ। आमाको मायाले आज फेरि मलाई बलियो बनायो। आमा, हिजोजस्तै आज र आजजस्तै भोलि, तपाईंको आशीर्वादले म सधैँ थप बलियो भइरहनेछु।

प्रतिक्रिया दिनुहोस