काठमाडौँ । सात जना सहसचिवहरूको सरुवा भएको छ । न्याय सेवा आयोगले कानुन समूह, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा गरेको हो ।
आयोगको शुक्रवारको निर्णय अनुसार अख्तियार, लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालयका सहसचिव तथा प्रदेश सचिवहरूको सरुवा गरेको हो ।

