काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले शुक्रवार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८२-१६६८६/०८१-८२,(खुला तथा समावेशी) प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :