१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशैभर विद्युत् आपूर्तिमा समस्या: सर्वसाधारण हैरान

अ+ अ-

काठमाडौँ। पछिल्लो केही दिनयता देशभरि नै विद्युत् प्रवाहमा बारम्बार अवरोध हुन थालेपछि सर्वसाधारणहरू आलोचनामा उत्रेका छन् । विशेष गरी बिहीबार काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा पटक-पटक लामो समयसम्म विद्युत् आपूर्ति अवरुद्ध हुँदा आम जनजीवन प्रभावित भएको छ।

अघोषित लोडसेडिङ जस्तै देखिने गरी पटक-पटक बत्ती गइरहँदा घरायसी कामकाजदेखि कार्यालय र उद्योगसमेत प्रभावित भएका छन्। इन्टरनेट सेवा अवरुद्ध भएको, विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित जीवनशैली अस्तव्यस्त बनेको भन्दै सामाजिक सञ्जालमा पनि नागरिकको चर्को आक्रोश देखिएको छ।

विद्युत् आपूर्तिमा बारम्बार भइरहेको अवरोधबारे प्रष्टीकरण दिन नेपाल विद्युत् प्राधिकरणले कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन। 

यस्तै यो विषय संसदको बहसको केन्द्रमा समेत पुगेको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले देशभरका विभिन्न क्षेत्रमा विद्युत् अवरोधबारे गुनासो राख्दै सरकारले तत्काल स्थिति स्पष्ट पार्न र समाधान ल्याउन माग गरेका छन्।

नियमनकारी निकाय र ऊर्जा मन्त्रालयले समस्या समाधानमा चासो नदेखाएको भन्दै सांसदहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन्। केही सांसदले नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनप्रति प्रश्न उठाउँदै सेवा प्रवाहमा पारदर्शिता र जबाफदेहिताको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस