काठमाडौँ । चार्जिङ सेन्टरमा राखेको माइक्रोबस काठमाडौँको वनस्थलीबाट चोरी भएको छ । चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भइ वनस्थली बस्ने १९ वर्षीय सुदीप थापा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ।
२९ चैतमा साढे ४ बजेतिर वनस्थलीको विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको मोइक्रोबस उनले चोरी गरेको प्रहरीको भनाई छ ।
पक्राउ परेका थापाविरुद्ध चोरी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।