१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने तयारी 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशील संघसंस्थाहरूबीच कामका दोहोरोपन हटाउन तथा सहकार्य बढाउन पहल थालेको छ ।

बिहीबार मन्त्रालयमा आयोजित बैठकमा मानसिक स्वास्थ्यका समस्या गम्भीर बन्दै गइरहेको भन्दै मन्त्रालयले यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्यको प्रयास अघि बढाएको हो ।

बैठकमा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य अहिले गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा पर्न लागेको भन्दै यसलाई सम्बोधन गर्न आवश्यक सबै उपायबारे छलफल गरेर मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए ।

‘मानसिक रोगका बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । यो समस्याबाट सबै जनसंख्या प्रभावित हुन सक्ने देखिएको छ,’ उनले भने, ‘यसको सम्बोधन कसरी प्रभावकारी गर्न सकिन्छ भनेर हामीले प्रयास थालेका छौँ ।’

तर, यस क्षेत्रमा काम गर्नेले दोहोर्‍याएर नभै क्षेत्र तोकेर काम गर्न आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयले समन्वय गर्ने मन्त्री पौडेलको भनाइ छ ।

मन्त्रालयले यसका लागि मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेको पनि उनले बताए । ‘बालबालिकामा पनि यस्तो समस्या नआओस् भनेर शिक्षा मन्त्रालयसँग मिलेर विद्यालय पाठ्यपुस्तकमा स्वास्थ्य शिक्षा अनिवार्य गरेर मानसिक स्वास्थ्यका विषय समेत राख्ने तयारी अघि बढेको छ,’ मन्त्री पौडेलले भने ।

उनले विद्यालय पुस्तकमा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यबारे जानकारी समावेश गरिने पनि बताए । उनले विद्यालय स्वास्थ्य दूत कार्यक्रम घोषणा गरेको स्मरण गर्दै आगामी बजेटमा विद्यालय तहसम्म यो कार्यक्रममार्फत बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी सजगता बढाउन प्रयास गरिने बताए ।

‘हामी यो समस्या समाधानमा तीन वटै सरकारको सहकार्य गरेर अघि बढ्दै छौँ,’ उनले भने, ‘तब मात्र प्रभावकारी रूपमा मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न सकिन्छ ।’

मन्त्री पौडेलले संस्थागत विद्यालयमा समेत विद्यालय नर्स कार्यक्रम लैजानेबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस