१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसपार्क निर्माणका लागि आठ सय ३८ रुख कटान गरिँदै

अ+ अ-

काठमाडौँ। डकले बसपार्क निर्माणका लागि आठ सय ३८ रुख कटान सुरु गरिएको छ । अमरगढी नगरपालिका ८ स्थित डकलेमा निर्माण गरिने बसपार्क क्षेत्रमा रुख कटानीको आदेश नहुँदा निर्माणको काम सुरु हुन सकेको थिएन । रुख कटानी आदेश पाएको एक वर्ष बित्दासमेत क्षतिपूर्ति बापतको रकम अभावले निर्माणको काम सुरु हुन ढिलाइ भएको अमरगढी नगरपालिकाले जनाएको छ ।

डिभिजन वन कार्यालय डडेलधुराका अनुसार रुख कटानको अनुमति पाएपछि उक्त क्षेत्रमा टाँचा लगाइएका ५६ रुख ३० सेन्टिमिटर भन्दा मोटाईका), पोल वा बल्लाबल्ली २२९ र बिरुवा ५५३ कटान गरिँदै छ ।

गत चैत महिनाको दोस्रो साता रुख कटानीको क्षतिपूर्ति बापतको झन्डै एक करोड ११ लाख रकम नेपाल सरकारको वन विकास कोषमा जम्मा गरेपछि हाल रुख कटान सुरु गरिएको हो । रुख कटानीसँगै अब बसपार्क निर्माणको काम पनि सुरु छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्रका रूपमा रहेको डडेलधुरा सदरमुकाममा व्यवस्थित बसपार्क निर्माणका लागी २०७९ जेठमा १६ करोड ५० लाख लागतको ठेक्का आह्वान भएको थियो । तर बसपार्क निर्माण गरिने डकलेको सरौलीका घाणा सामुदायिक वनको वातावरणीय प्रभाव मूल्याङ्कन नगरेरै टेन्डर आह्वान गरिएपछि सम्झौता हुन सकेको थिएन ।

गत वर्ष वैशाख महिनामा मात्रै मन्त्री परिषद्ले निर्णय गर्दै रुख काट्नका लागि अनुमति दिएको थियो । तर पनि क्षतिपूर्ति बापतको रकम भने कुनै निकायबाट विनियोजन गरिएको थिएन । गएको चैत महिनामा अमरगढी नगरपालिकाले क्षतिपूर्ति बापतको रकम जम्मा गरेपछि अब जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटर टाढा महाकाली राजमार्गको छेउ उग्रतारा मन्दिर नजिकै डकलेमा व्यवस्थित बसपार्क बन्ने भएको छ ।

डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले २०७९ साल जेठ महिनामा १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पार्दै ठेक्का आह्वान गरेको थियो । ठेक्का आह्वानपछि घटाघटमा साढे १३ करोडमा ठेक्का स्वीकृत भएको थियो । सहरी विकास तथा भवन निर्माण विभाग कैलालीका अनुसार बसपार्क निर्माणका लागि कालिका-मालिका-युपी जेभिसँग ठेक्का सम्झौता भएको छ ।

बसपार्क निर्माणका लागि सामुदायिक वनले २०७३ सालमै सहमति दिएको थियो । ४० रोपनी जग्गामा बसपार्कसँगै सपिङ कम्प्लेक्स, टर्मिनल भवन, पार्किङ, टिकट काउन्टर, शौचालय लगायतका संरचना निर्माणको योजना छ ।

प्रतिक्रिया दिनुहोस