काठमाडौँ । जंगी अड्डामा केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालित बैठकको बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरेका छन्।
बैठकमा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्षहरू र सुधारका लागि आवश्यक सुझावहरूको बारेमा छलफल भएको छ।
नेपाली सेनामा अतिमहत्त्वपूर्ण नियुक्तिको रूपमा मानिने प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले आफूले देखेका समस्या बारे प्रस्तुति गरेका थिए।