काठमाडौँ । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । साढे आठ बजे ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले प्रशासनलाई बताए ।
उनका अनुसार राति रतुवामाई नगरपालिका-३ मिर्चा डाँगी टोलमा विवाह घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो । हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोकिँदा बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । उपचारका क्रममा रंगेली अस्पतालमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।