काठमाडौँ । दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्।
बंगलाचुली गाउँपालिका-७ का ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या आरोपमा ५० वर्षीया संगीता सुनारी मगर पक्राउ परेकी हुन्। इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको हो ।
संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । उनलाई हाल पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको छ ।