३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम लागु हुने

अ+ अ-

काठमाडौँ । नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षामा अब नयाँ पाठ्यक्रम लागु हुने भएको छ ।

लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी नयाँ पाठ्यक्रम लागु भएको जानकारी गराएको हो ।

आइक्यान अध्यक्ष प्रवीणकुमार झाका अनुसार सीए शिक्षामा युवापुस्ताको बढ्दो आकर्षण ध्यानमा राख्दै नयाँ पाठ्यक्रम बनाइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम निर्माण गरिएको र यसले नेपालमा पढेका सीएले संसारको जुनसुकै देश पुगेर समेत सहजै काम गर्न सक्ने वातावरण बनाउने उनको भनाइ छ ।

संस्थाका अनुसार इन्स्टिच्युट अफ चार्टर्ड एकान्टेन्ट्स इन इङल्यान्ड एन्ड वेल्ससँगको प्राविधिक सहकार्यमा पाठ्यक्रम परिमार्जन गरिएको हो । यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु हुने भएको छ ।

नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्सबाट जारी भएको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिएको छ ।

नयाँ पाठ्यक्रम लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्सबाट जारी भएको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिएको छ ।

यसपटक लेखा क्षेत्रका महत्त्वपूर्ण पक्ष संहिता, दिगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापन लगायत विषयवस्तु हरेक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको संस्थाले उल्लेख गरेको छ ।

गुणस्तरीय पाठ्यपुस्तकले सीए शिक्षाको गुणस्तर बढाउने अपेक्षा गरिएको समेत संस्थाले जनाएको छ । नयाँ पाठ्यक्रम लागु भएपछि देशमा आवश्यक दक्ष लेखा व्यवसायी उत्पादन भई देशको समग्र लेखा व्यवसाय क्षेत्रको विकासमा टेवा पुग्ने तथा संस्थाका सदस्यको पहिचान तथा प्रतिस्पर्धी क्षमतामा समेत उल्लेख्य वृद्धि हुने विश्वास संस्थाको छ ।

नयाँ पाठ्यक्रमले सीए पढ्न इच्छुक तर प्राविधिक कारण पढ्न नपाएका विद्यार्थीलाई सहजीकरणको प्रयास गरेको छ । नेपालको पाठ्यक्रममा अब नेपालको कर र कानुन मात्र ३० प्रतिशत हाराहारी पढ्नुपर्ने गरी डिजाइन गरिएको छ । पाठ्यक्रममा परिवर्तन भए पनि शुल्कमा भने फेरबदल नभएको समेत संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस