संखुवासभा । खाँदबारी नगरपालिका-१ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसमेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ७० रुपैयाँ र ४ बुक ताससहित सोमबार बेलुका पक्राउ गरेको हो ।
उनीहरूलाई हाल पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।