३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतको फलेवासमा ‘आमा-बा स्वास्थ्य कार्यक्रम’ सुरु

अ+ अ-

पर्वत । पर्वतको फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्ध वृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

वृद्ध वृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मिर्गौला रोगको परीक्षण, रगत, दिसा, पिसाब, खकारलगायत जाँच, पोषण अवस्थाको लेखाजोखा, अन्य रोगको उपचार, परामर्श तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल पठाउन यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

गत शुक्रबारदेखि वडा नं १ कार्की नेटबाट सुरुआत भएको कार्यक्रम ११ वटै वडामा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिए। चिकित्सकसहित स्वास्थ्यकर्मी नगरका सबै घरमा पुग्ने भएका छन् । उनका अनुसार वृद्ध वृद्धाको नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगीले उपचार तथा निदानका विकल्पसम्बन्धी परामर्श दिँदै औषधिको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समयलगायत जानकारी गराइने छ ।

“पछिल्लो समय गाउँमा युवापुस्ता शून्यप्राय: छन् । गाउँमा वृद्ध वृद्धाहरू मात्र रहेको अवस्थामा उनीहरूलाई सामान्यदेखि जटिल रोग लागेमा पनि अस्पतालसम्म पुगेर उपचार सेवा लिन सक्नुहुँदैन । जसका कारण लामो समयदेखि विभिन्न रोगले सङ्क्रमित भएर बसिरहनुपर्ने अवस्थाको अन्त्यका लागि चालु आर्थिक वर्षदेखि आमा–बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो”, सापकोटाले भने ।

उनका अनुसार कार्किनेटाबाट सुरु भएको अभियान थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानी गाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भँगरा, कुर्घा र पाङराङमा पुगेर टुंगिने भएको छ । 

हरेक छ/छ महिनामा नियमित स्वास्थ्य परीक्षणका लागि यो अभियान थालिने नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए ।  उनका अनुसार ज्येष्ठ नागरिकसँगै ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ ।

उपचारका क्रममा नि:शुल्क औषधिसमेत वितरण गरिनुका साथै जटिल रोग लागेका बिरामीलाई नगरपालिकाकै एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्‍याउने व्यवस्थासमेत गरिने नगरप्रमुख तिवारीले बताए ।

आर्थिक अभावका साथै अस्पतालसम्म लैजान आफन्तको अभावमा ज्येष्ठ नागरिक, अपांगता भएका वा अन्य असहाय नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने नगरपालिकाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । यो कार्यक्रममार्फत नगरका १० हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

“नगरपालिका भए पनि अधिकांश ग्रामीण बस्ती रहेको फलेबासमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव भएकाले नियमित परीक्षणको दायरामा सबैलाई ल्याउन अभियान सञ्चालन गरेका हौँ”, नगरप्रमुख तिवारीले भने । 

नगरका अधिकांश वडामा रहेका स्वास्थ्य चौकीमा अहेबका भरमा सञ्चालित छन् । सरकारले नि:शुल्क ९८ प्रकारका औषधि वितरण गर्ने भनिए पनि ४० प्रकारका औषधि मात्र स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

वडाबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नभइरहेका बेला चिकित्सकसहितको टोली घरघर र टोल टोलमा पुगेर ज्येष्ठ नागरिकसहित ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले नगरवासीलाई स्वास्थ्य राख्न मद्दत पुग्ने फलेवास-८ ठाना मौलाका वडाध्यक्ष मनबहादुर कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस