२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को घोषणा-‘अब कुनै पनि निर्वाचनमा अरूको बैशाखी टेक्दैनौँ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका निर्वाचनमा अरूका बैशाखी नटेक्ने बताएका छन्। 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले विगतका निर्वाचनमा काँग्रेस-एमालेले बेइमानी गरेको बताए। 

‘हामी एक्लै लड्दा राम्रो नतिजा ल्याएको उपचुनावबाट देखिएको छ। अब हामी कुनै पनि निर्वाचनमा अरूको बैशाखी टेक्दैनौँ। विगतका निर्वाचनमा हामीले काँग्रेस-एमालेसँग गठबन्धन गर्दा इमान्दारिता देखायौँ। तर, उनीहरूले बेइमानी गरे, ’उनले भने।

माओवादी फेरि बेइमानीको शिकार नबन्ने उनको भनाइ छ। ‘अब हामी आफ्नै खुट्टामा उभिएन आफ्नै शक्ति र सामर्थ्यका साथ फेरि देशको नेतृत्व गर्नेछौँ, ’उनले भने। उनले वर्तमान सरकार कर्णाली र अन्य दलित, महिला र जनजातिको विरुद्धमा रहेको आरोप लगाए। 

उनले भने, ‘हामीले सरकारमा हुँदा कर्णाली, महिला दलित, जनजातिका पक्षमा तय गरेका योजना र कार्यक्रमहरू वर्तमान सरकारले हटाउँदै गएको छ। यो सरकारले आफ्नो नीति तथा कार्यक्रममा कर्णाली र उपेक्षित समुदायको नाम पनि लिन चाहेन। सशस्त्र द्वन्द्वमा कर्णालीका जनताले वीरताको उदाहरण देखाएर प्रहरीको राइफल खोसेर हामीलाई बुझाएका थिए। अब यो देशको विकास र समृद्धिका लागि एक पटक साथ दिनुस्।’

प्रतिक्रिया दिनुहोस