काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अन्तर्वार्ता दिइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितको टिमलाई भैँसीको बथानले लखेटेको भिडियो आज सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सोमबार पत्रकार ऋषि धमलाले उनीसँग अन्तर्वार्ता लिइरहेको समयमा विमानस्थलभित्र चरिरहेको भैँसीको बथान दौडेर आएपछि सबैको भागाभाग भएको देखिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी क्षेत्र जहाँ पछि अधिग्रहण गरेर अहिले तारबार गरिएको छ, तर समयमै यहाँ निर्माणका काम नहुँदा र विमानस्थल पूर्ण सञ्चालनमा आउन नसक्दा घाँस उम्रेपछि स्थानीयले खोलाको छेउतिरबाट लगेर यहाँ भैँसी चराउने गरेका छन् ।