काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलाको १ लाख ९० हजार ५०० सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।