२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र शाहीको दाबी-‘परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन्’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले नेपाली युवाहरू विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन् ।

‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरू बन्धक हुँदा पनि श्रम मन्त्रालयले काम गरेको छैन,’ उनले भने । उनले विदेशी भूमिको युद्धहरू नेपालीहरू पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए ।

उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो । नेपाली नै मरे । प्यालेस्टाइन र इजरायलको युद्धमा पनि नेपाली नै मरे । यो कस्तो गरिबी हो यो कस्तो बेरोजगारी हो । सरकार मौन छ ।’

उनले विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सले नै सांसदहरू, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरूले तलब पाएको भन्दै नुनको सोझो गर्नुपर्ने बताए ।

‘आज हामी सांसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबैको तलब विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सबाट प्राप्त भएको छ । हामीले नुनको सोझो गर्नुपर्छ नि पर्दैन र । यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ तर आज कति नेपालीहरू ठगीमा परेका छन् । यदि मन्त्रालयको काम हुँदैन भने मन्त्रालयको काम छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस