२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटीको नयाँ कार्यसमिति चयन

अ+ अ-

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको विशेष भेलाले विष्णु रैगाईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ। राजधानीमा आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। भेलाले पत्रकारिता क्षेत्रलाई व्यावसायिक तथा मर्यादित बनाउनुपर्ने, पत्रकारको जीवनको सुरक्षा प्रत्याभूत गरिनुपर्ने, श्रमजीवी पत्रकारहरूको सामाजिक सुरक्षा हुनुपर्नेलगायत सात बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ।

समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले भेलाको उद्घाटन गर्दै पत्रकारिता क्षेत्रले समयमै प्रवाह गर्ने सूचनाले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने भएकाले सञ्चार क्षेत्रमा देखिएका समग्र समस्या समाधान गर्नुपर्ने बताए।

संगठनले श्रमजीवी पत्रकारको हकहित अधिकार संरक्षण गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले खोजमूलक प्रकाशनका कार्य गर्न सुझाव दिए।

विश्व प्रेस काउन्सिल उपाध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको बताउँदै प्रेस र समाजको घनिष्ठ सम्बन्धले मात्र लोकतान्त्रिक पद्धति थप बलियो हुने विश्वास व्यक्त गरे।

संगठनको सल्लाहकारसमेत रहेका उनले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय बनाउन सत्य तथ्य र निष्पक्ष रूपमा समाचार प्रवाह गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस