२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महायज्ञबाट चार करोड ७४ लाख संकलन

अ+ अ-

कैलाली । मानव सेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ-२०८१’ बाट रु. चार करोड ७४ लाख ३० हजार चार सय ३५ संकलन गरेको छ । आश्रमको कैलाली शाखाले गत वर्ष २०८१ माघ २३ देखि ३० गतेसम्म धनगढीमा आयोजना गरेको महायज्ञबाट उक्त रकम संकलन गरेको हो ।

आश्रमले आज धनगढीमा आयव्यय विवरण सार्वजनिक गरेको हो । महायज्ञमा  नगद, क्युआर तथा अनलाइन माध्यम र चेकबाट गरी रु. ८१ लाख ८१ हजार नौ सय ७८ संकलन भएको र बाँकी रकमको प्रतिबद्धता रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिए । 

उनका अनुसार सरकारी निकायबाट रु. २७ लाख ८१ हजार एक सय १२, संस्थागत रु. दुई करोड ४८ लाख ९९ हजार पाँच सय ८४ र व्यक्तिगत रु. एक करोड १३ लाख २६ हजार पाँच ७४ प्रतिबद्धता रकम भएको छ ।

प्रतिबद्धता गरिएको रकममध्ये हालसम्म रु. १४ लाख ८२ हजार ४६ प्राप्त भएको उनले जानकारी दिए । त्यस्तै, महायज्ञमा रु. एक लाख ४४ हजार दुई सय ५० दान पेटिकामा दान प्राप्त भएको, रु. ८३ हजार दुई सय ५२ गोप्य दान र १३ हजार छ सय ७५ बराबरको जिन्सी दान प्राप्त भएको उनले जानकारी दिए ।

महायज्ञ सम्पन्न गर्न रु. ४९ लाख ६८ हजार आठ सय ६५ खर्च भएको कुँवरले जानकारी दिए । मानव सेवा आश्रमको धनगढी उपमहानगरपालिका-१५ उर्मीमा दुई बिघा जग्गामा निर्माण सुरु गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय भवन निर्माण सम्पन्न गर्न सहयोगार्थ महायज्ञको आयोजना गरिएको जनाइएको छ ।

उक्त भवन निर्माण भएपछि सुदूरपश्चिमका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । विसं २०७५ मङ्सिर १ गतेबाट धनगढी उपमहानगरपालिका-५ तारा नगरमा घर भाडामा लिई मानव सेवा आश्रम कैलाली शाखाले सेवा शुभारम्भ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस