काठमाडौँ । काठमाडौँमा ‘राष्ट्रिय दोहोरी गीत आइडल-२०८२’ हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा दोहोरी गीत आइडल हुने जानकारी गराइएको हो ।
सांस्कृतिक समाज नेपालले प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी गराइएको छ ।
आयोजना हुने यस दोहोरी आइडल दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको कार्यक्रमका संयोजक चन्द्र शर्माले जानकारी दिए । शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा सहभागी हुनेले एक दोहोरी साँझबाट एक-एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताए ।
राष्ट्रिय दोहोरी गीत आइडल विजेताले ३३ हजार ३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २२ हजार २२२ नगद सहित स्कुटर पाउनेछन् ।