काठमाडौँ । चीनको बेइजिङमा बनेको पाकिस्तानी जेटले बुधबार कम्तीमा दुई भारतीय सैनिक विमानलाई खसालेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् ।
दुई देशबीचको बढ्दो तनावका स्थितिमा भारतीय सेनाका दुई फाइटर विमानलाई पाकिस्तानले लन्च गरेको जेटले खसालेको भनेर दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
अत्याधुनिक किसिमको उक्त जेट ठूलो माइलस्टोनको प्रयोगका लागि परिचित छ । रोयटर्सका अनुसार भारतीय वायुसेनाका प्रवक्ताले यसबारेमा कुनै टिप्पणी गर्ने अवस्थामा नभएको बताएका छन् ।
नाम नखुलाउने शर्तमा एक अमेरिकी अधिकारीले भने, ‘चीनमा निर्मित जे–१० विमानले भारतीय फाइटर प्लेनमाथि मिसाइल परीक्षण गरिरहेकोमा विश्वास गर्न सकिन्छ जसले कम्तीमा दुई फाइटर खसालेको छ ।’
अर्का अधिकारीका अनुसार खसालिएको भारतीय फाइटर विमान फ्रान्समा बनाइएको हो । दुवै अधिकारीले पाकिस्तानको विमानले भारतको फाइटर खसाल्न कुनै भूमिका नखेलेकोमा एक मत दिए ।
उता भारतले भने आफ्नो फाइटरको हानी स्वीकारेको छैन । बरु पाकिस्तानको आतंककारीको अखडामा सफल हवाई आक्रमणको दाबी गरिरहेको छ ।
विश्व शक्ति राष्ट्रहरू अेमरिका, रुस र चीनले भने आणविक हतियार भएका ती क्षेत्रहरूमा शान्ति कायम राख्न आग्रह गरेका छन् ।
पाकिस्तानले चीनमा बनाएको जेटको प्रयोगले भारतीय सेनाको फाइटर प्लेन खसालेको भनेर पहिलो पटक रिपोर्ट भएको रोयटर्सले उल्लेख गरेको छ ।