२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी

अ+ अ-

काठमाडौँ । पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार अपराह्न प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो ।

पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारहरूलाई निशासना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कर्णेल सोफियाले भनिन्, ‘लेहदेखि सरक्रिकसम्मका ३६ स्थानमा ३०० देखि ४०० ड्रोन हमलाको प्रयास भएको थियो । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यमबाट त्यसमध्ये धेरै ड्रोनहरूलाई खसाल्न सफल भयो ।’

ड्रोन मार्फत पाकिस्तानले भारतको वायु रक्षा प्रणाली परीक्षण गर्न र गुप्तचरबारे जानकारी संकलन गर्न खोजेको भारतको आरोप छ ।

भारतीय सेनाका अनुसार ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ । प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको भारतले आशंका गरेको छ ।

‘पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ । यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन् । भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ,’ उनले भनिन् ।

यद्यपि, कर्णेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिइनन्।

तर पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतको उक्त दाबीलाई अस्वीकार गरेका छन् । भारतको दाबी अस्वीकार गर्दै आसिफले भने, ‘हामीले अहिलेसम्म केही गरेका छैनौँ । जब पाकिस्तानले आक्रमण गर्छ, सबैले थाहा पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस