काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले खुट्टा ढोगेर पनि क्रियाशील सदस्यता नवीकरण गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
स्वास्थ्य मन्त्री समेत रहेका पौडेलले घरघरमा पुगेर खुट्टा ढोगेर भए पनि क्रियाशील सदस्यता नवीकरण गराउन निर्देशन दिएका हुन्।
काँग्रेसको क्रियाशील सदस्यता नवीकरण अहिले जारी छ। पार्टीले वैशाखभित्र सबै जिल्लामा सदस्यता नवीकरण सक्न मातहत कमिटीलाई निर्देशन दिइसकेको छ।
पार्टीको क्रियाशील सदस्यता नवीकरणबारे एक कार्यक्रममा बोल्दै भनेका छन्, ‘क्रियाशील सदस्यता नवीकरणको विषय घरघरमै गएर खुट्टै ढोगेर भए पनि गर्न लगाउनुस्। किनकि हिजोको जस्तो चाहिए लिने नचाहिए पर्दैन भन्ने स्थिति छैन। कमीकमजोरी के भयो केलाएर अब दोहोर्याउँनौ भनेर जोडिएका मान्छेहरूलाई अब फर्किन नदिनुस्।’
मन्त्री पौडेलको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल छ।