काठमाडौँ । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्याली गरेको छ ।
समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौँको सुकेधाराबाट सुरु भएको र्याली बल्खुसम्म पुगेको थियो ।
यसअघि हिजो (बिहीबार) पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।
सोही अनुरूप आजबाट आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिले जनाएको छ ।
आजको र्यालीमा सहभागी हुन समितिका संयोजक नवराज सुवेदी, राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायत पुगेका थिए ।
समितिले आगामी जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।