२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ संक्रमण

अ+ अ-

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस संक्रमण भएको छ । 

नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका  केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन् । 

मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवनचन्द्र झाका अनुसार वडा न २, ३, ४ र ६ का बालबालिका तथा नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा संक्रमण देखिएको हो । उनले पानी वा खानेकुराबाट संक्रमण भएको हुनसक्ने आशंकामा नमूना संकलन गरी परीक्षणमा पठाइएको बताए । संक्रमितमध्ये अस्पतालमै कार्यरत एक जना चिकित्सकसमेत रहेको पाइएको छ ।

मङ्लबारदेखि जन्डिसलगायतक लक्षणसहित बिरामी अस्पताल आउन थालेपछि नमूना संकलन गरी परीक्षण गर्दा हेपाटाइटिस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट झाले ‘हेपाटाइटिस–ए’ वा ‘इ’ हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन गर्न सकिने बताए । 

यसैबीच, सङ्क्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, नगर प्रमुख कुन्साङ लामालगायत पदाधिकारीले चिकित्सकको टोलीसँग छलफल गरी जानकारी लिएका छन् । भकुण्डेबेँसी क्षेत्रमा वितरित खानेपानी तथा बजार क्षेत्रमा बिक्री भइरहेका पानीपुरीलगायत खाद्यान्नका कारण सङ्क्रमण भएको आशंका गरिएको छ ।

सङ्क्रमितको सजगताका साथ उपचार गर्नेबारेमा चिकित्सकबीच छलफल भएको अस्पतालले जनाएको छ । सङ्क्रमण फैलिन नदिन सचेत रहन आग्रह गर्दै खानेपानी, खानेकुरा र सरसफाइमा ध्यान दिन पनि अस्पतालले अनुरोध गरेको छ । अस्पतालबाट प्रभावित क्षेत्रमा खानेपानी शुद्धीकरण गर्न क्लोरिनलगायत रसायन वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस