२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरो पीडितलाई अस्थायी घर बनाउन पहिलो किस्ता वितरण

अ+ अ-

काठमाडौँ । काभ्रेपलाञ्चोकस्थित ९ पालिकाका २ हजार ८४९ बाढी पहिरो पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता रकम वितरण सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेका १३ पालिकामध्ये ९ पालिकाका बाढी पहिरो पीडितलाई घर बनाउन पहिलो किस्ता २५ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

२५ हजार रुपैयाँका दरले वितरण गर्न २ हजार ८ सय ४९ बाढी पहिरो पीडित घरपरिवारका लागि ७ करोड १२ लाख २५ हजार रुपैयाँ निकासा भएको छ ।

जिल्ला प्रशासन अनुसार सबैभन्दा बढी नमोबुद्ध नगरपालिकामा ८ सय २४, पनौती नगरपालिकामा ६ सय ३४, रोशी गाउँपालिकामा ५ सय ४८, चौरी देउराली गाउँपालिकामा २ सय ८०, बेचानचोक गाउँपालिकामा २ सय ३९, मण्डनदेउपुर नगरपालिकामा १ सय ३३, पाँचखाल नगरपालिकामा ८८, धुलिखेल नगरपालिकामा ८६ र महाभारत गाउँपालिकामा १७ घर प्रभावितलाई उक्त रकम पठाइएको हो ।

पहिलो चरणमा १० पालिकाका लागि रकम आए पनि खानी खोला गाउँपालिकाले विपद् व्यवस्थापन समितिको बैठकबाट लाभग्राहीको लिस्ट पठाएपछि मात्र रकम पठाउने जिल्ला प्रशासन कार्यालय काभ्रेले जानकारी दिएको छ।

अस्थायी आवासका लागि बनेपा नगरपालिका, तेमाल र भुम्लु गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समितिले गर्नुपर्ने निर्णय नगरी सिधै विवरण मात्रै भरेकाले अस्थायी आवासको पहिलो किस्ता बापतको रकम निकासा नभएको हो ।

प्रतिक्रिया दिनुहोस