रुपन्देही । नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीले लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।
भेटका क्रममा प्रदेशको समग्र सामाजिक विकास विशेष गरी शिक्षाको गुणस्तर अभिवृद्धि, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्द्धन र मैत्रीपूर्ण सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्री तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
राजदूत मेउलीले स्वीजरल्याण्ड सरकार शिक्षा क्षेत्रको सुधारमा सहयोग गर्न इच्छुक रहेको बताइन् ।
मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशको शिक्षा प्रणालीलाई प्रविधिमैत्री, रोजगारमुखी र समावेशी बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।