२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पौडेलले भने-‘विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यार्थी संघ/संगठनहरुले सामाजिक जागरण र स्वास्थ्य सचेतनाका मुद्दालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।

बेथिति अन्त्य र समाज सुधारका निम्ति विद्यार्थीहरूले साझा मुद्दा निर्माण गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

पूर्व विद्यार्थी नेतासमेत रहेका मन्त्री पौडेलले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘निर्वाचनमा प्रतिस्पर्धा विद्यार्थी संगठनले विद्यार्थी संगठनसँग नै गर्ने हो, तर निर्वाचनभन्दा अगाडि विद्यार्थीहरूले साझा मुद्दा निर्माण गरेर सँगसँगै जाने परिस्थिति बनाउन सक्नुपर्छ ।’

विगतका राजनीतिक आन्दोलनमा विद्यार्थी संघ संगठनहरुले सँगसँगै अघि बढ्दा उपलब्धि हासिल गरेको बताउँदै उनले आपसी एकतामा जोड दिए ।

‘वर्गीय मुद्दा प्राप्त गर्नका निम्ति, वर्गीय मुद्दा उपलब्धिका रूपमा हासिल गर्नका निम्ति, विद्यार्थी संगठनहरु बीचमा एकता कायम गरेर अगाडि जान सक्नुपर्छ,’ मन्त्री पौडेलले भने, ‘त्यसैले साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अगाडि जाने स्थिति भयो भने विद्यार्थी आन्दोलनले अहिले पनि राज्यमाथि सकारात्मक हस्तक्षेप गर्न सक्छ ।’

उनले पश्चिमका अंग प्रत्यारोपणको महत्त्व, थारु समुदायमा सिकलसेल एनिमियाको समस्या न्यूनीकरणका उपाय, रगत अभाव, महँगी, न्याय सम्पादनमा ढिलासुस्ती र परम्परागत रूपमा गलत मान्यताका आधारमा विकसित भएका कतिपय कुरालाई अन्त्यका निम्ति विद्यार्थी आन्दोलन जुरुक्कै उठ्नुपर्ने उनको भनाइ छ ।

‘आज हामीलाई रगतको अभाव भएको छ । अनि रगतभित्र कुन चिजको कति मात्रा छ त्यो छुट्याउनुपर्ने स्थिति छ । कतिपय ब्लड ग्रुपहरू हामीले प्राप्त गर्न नसक्ने स्थिति बनेको छ । यो पनि विद्यार्थी आन्दोलनको सामाजिक विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ । यस्ता कयौँ विषयहरू छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस