काठमाडौँ। जम्मुकाश्मिरको पहलगाम घटनापछि उत्पन्न विवादलाई लिएर भारतले पाकिस्तानतर्फ बग्ने चेनाव नदीलाई रोकिदिएको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सलाल बाँधको एउटा मात्रै ढोका खोलेर पाकिस्तानर्फ बग्ने चेनाव नदीको प्रवाहलाई भारतले रोकिदिएको हो ।
बीजेपी आईटी सेलका प्रमुख अमित मालवीयले सलाल बाँधको गेट बन्द गरेको एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनले लेखेका छन्, ‘भारतको हितमा कडा फैसला लिनको लागि राजनीतिक इच्छाशक्ति हुनुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फैसलामा यो काम गरेर देखाएका छन् ।’
तर यसबारेमा मोदी सरकारले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
समाचार एजेन्सी एएनआईले एक भिडियोमार्फत देखाएका छन् की भारतले नदीको प्रवाह रोकिदिएपछि पाकिस्तानतर्फ बग्ने चेनावको जलस्तर स्वात्तै घटेको छ ।
VIDEO | Jammu and Kashmir: Visuals of Salal Dam on #ChenabRiver in Reasi district. Only one gate of the dam is open restricting water flow to Pakistan.#JammuAndKashmir
— Press Trust of India (@PTI_News) May 6, 2025
(Full video available on PTI Videos – https://t.co/n147TvqRQz) pic.twitter.com/48mnMnfe7m