काठमाडौँ। नेकपा एमालेको धनुषाको ८औँ जिल्ला अधिवेशन स्थगित भएको छ ।
दुई पक्षबीच झडप भएपछि अधिवेशन भोलि सम्मका लागि स्थगित भएको निर्वाचन समितिले सूचना सुनाएको छ ।
अन्तिम मतदाता नामावलीमा नाम प्रकाशनलाई लिएर आज बिहान विवाद हुँदा कुर्सी हानाहान भएको थियो । त्यसपछि बिहानैदेखि दिउँसोसम्म अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा झडप र तनाव जारी रहेको थियो ।
झडपमा पाँच जना घाइते समेत भएका थिए । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ ।