काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे । उनले अगाडि भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजा महाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।’
नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने उनले बताए । अब दिइएका सुझाव बजेटमा नसमेटिने उनले बताए ।
नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको उनले बताए । नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए ।
बन्द भएका उद्योगलाई चलाउने नीति नरहेको पनि उनले बताए ।
कृषि प्रणाली परम्परागत रूपमा नै रहेको उनले बताए । यसलाई आधुनिकीकरण गर्ने विषय नीति तथा कार्यक्रममा आउन नसकेको बताए ।
स्वास्थ्य बीमा नेपालमा असफल भइसकेको दाबी गर्दै उनले यसबारे नीति तथा कार्यक्रममा आउन नसकेको बताए ।
नीति तथा कार्यक्रमले प्रदेश सरकारको, स्थानीय तह र वडा तहको समेत काम संघले नै गर्ने गरी आएको भन्दै उनले संघीयता विरोधी नीति तथा कार्यक्रम आएको भनेर आलोचना गरे ।
सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा कसरी जाने भन्ने कुनै नीति आउन नसकेको उनको टिप्पणी छ ।
नीति तथा कार्यक्रमको औचित्य नरहेको दोहोर्याउँदै उनले भने, ‘अर्को वर्षदेखि नल्याए पनि हुन्छ ।’