काठमाडौँ । सोलुखुम्बुको लुक्लाका लागि आज बिहानैदेखि कुनै पनि उडान हुन सकेको छैनन् । मौसममा खराबीका कारण लुक्लाको हवाई उडान ठप्प भएको हो ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज एउटा पनि उडान भएको छैन । बिहान ६ बजेदेखि नै उडानको तालिका रहे पनि हालसम्म उडान हुन नसकेको हो ।
समिट, सिता र तारा एयरको बिहान ६ बजे लुक्ला विमानस्थलमा उडान भर्ने तालिका रहेको थियो । त्यसयता बुद्ध, यति र श्री एयरलाइन्सका तालिका अनुसार कुनै उडान हुन सकेको छैन । मोसम खराबीको कारण यी सबै उडान ‘डिले’ तालिकामा राखिएको छ ।
मौसम खराब भएका कारण आइतबार उडान हुने सम्भावना नरहेको बताइएको छ ।