२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

अ+ अ-

काठमाडौँ । आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका-४ स्थित एकाघरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ।

तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो। २३ वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गंगा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन छन्। मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग पनि हुन्। १६ वर्षीया उनी हिँड्डुल गर्न पनि सक्दिनन्।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रुपा गन्धर्वसहित उनीहरू २०६८ सालमा दाङको तुलसीपुर झरेका थिए। रुपाले भनिन्, ‘सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमानले अर्को विवाह गर्नुभयो।’ यसपछि रुपालाई श्रीमानले कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उनलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उनीहरू दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आएका थिए। ‘कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसकोमा,’ गणेशले भने, ‘लामो समय कसैले पनि बस्न दिएनन्।’ यसरी भाडामा बस्दा पनि पीडा झेलेका उनीहरूको अहिले आवास निर्माण हुन थालेपछि भने खुसी छन्। सारङ्गी बजाएर, गीत गाएर गणेशले आम्दानी गर्थे, त्यसैले घर खर्च चल्ने गरेको थियो। अब घर बनेपछि भाडा तिर्नु नपर्ने हुँदा सहज हुने गणेशले बताए। ‘भाडा तिर्न पनि गाह्रो हुन्थ्यो, घर बनेपछि भने अब सहज हुने भयो,’ उनले भने।

करिब रु. १५ लाख लागत अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताए। ‘सबै सन्तान दृष्टिविहीन, बास पनि नभएपछि हामीले घर बनाइदिने गरी काम अघि बढाएका छौँ,’ उनले भने। अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उनको भनाइ छ। यसै क्रममा केसीले अहिलेसम्म घर निर्माणका लागि रु ४० हजार सहयोग गरिसकेका छन्।

निर्माण भइरहेकाले लाग्ने सबै खर्च व्यहोर्ने गरी काम अघि बढाइरहेको उनले बताए। दृष्टिविहीन गणेशसहित गङ्गा, जमुना गुरुजजुर नमूना माविमा ब्रेललिपिमार्फत अध्ययन गर्छन्। हाल आमा रुपाको खातामा विभिन्न संघसंस्थाको सहयोगमा रु सात लाख सहयोग संकलन भएको थियो। त्यो रकम बैंकमा मुद्दति खातामा छ। त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस