२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा  पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-३ घर भएका हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका बस्ने ३६ वर्षीय जितेन्द्र बस्नेत, उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका  हाल काठमाडौँ महानगरपालिका-१५ बस्ने ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र स्याङ्जा वालिङ नगरपालिका-७ घर भएका काठमाडौं महानगरपालिका-२६ बस्ने  ५६ वर्षीय नर बहादुर खड्का थोकी रहेका छन् ।

पक्राउ मध्ये जितेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ, नरेन्द्रले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रुपैयाँ र नर बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन भएपछि  पीडितहरूको दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जितेन्द्र र नरेन्द्रलाई काठमाडौं महानगरपालिका-२२ बाट शुक्रबार र नर बहादुरलाई आइतबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको नेपाल प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस