२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न

अ+ अ-

काठमाडौँ । तीनदिने दोस्रो अन्तरराष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्याको बढ्दो भार र गुणस्तरीय सेवा आवश्यकताको गहिरो खाडल रहेको सम्मेलनले औँल्याएको छ ।

घोषणापत्र जारी गर्दै सम्मेलनले मानसिक स्वास्थ्य समस्याबारे समाजमा व्याप्त कलंक र बिरामीमाथि हुने भेदभावको अन्त्य गर्नुपर्नेमा जोड दिए । सबै क्षेत्रमा मानसिक स्वास्थ्य पेसाकर्मीको कमी रहेको घोषणापत्रमा औँल्याइएको छ । जारी घोषणा पत्रमा स्वास्थ्यकर्मीमा मानसिक थकान र समस्याको बढ्दो जोखिम तथा जनशक्ति पलायनको समस्या रहेको उल्लेख गरेको छ । 

मानसिक स्वास्थ्यका क्षेत्रमा सरकार, सार्वजनिक संस्था तथा गैरसरकारी संस्थाले गरेको प्रयासलाई घोषणापत्रमा सराहना गरिएको छ । सर्वोच्च अदालतले मानसिक स्वास्थ्य सेवाको उपलब्धता र संवर्द्धनका निम्ति सरकारलाई दिएको ऐतिहासिक निर्देशनात्मक आदेशको उच्च सराहना एवं स्वागत गर्दै सम्मेलनले  नेपालमा मानसिक स्वास्थ्य सेवाको प्रवर्द्धनका काम गर्न सरकारलाई घचघच्याइएको छ ।

सबै तहका सरकार तथा गैरसरकारी क्षेत्रबीच समन्वय, सहकार्य र सहयोगमा वृद्धि गरी मानसिक स्वास्थ्य सेवासम्बन्धी संवैधानिक अधिकार सुनिश्चित गर्न सम्मेलनले माग गरेको छ । समुदायमा मानसिक स्वास्थ्यका बारेमा सचेतना अभिवृद्धि तथा अधिकार-आधारित मानसिक स्वास्थ्य प्रवर्द्धन, रोकथाम, उपचार र पुनः स्थापनामा सशक्तीकरण गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

चितवन मेडिकल कलेजमा आयोजित कार्यक्रम नेपाल र अमेरिकालगायतका विदेशमा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्थाले संयुक्त रूपमा आयोजना गरेका हुन् । सम्मेलनमा नेपाल, भारत, नर्वे, अमेरिकालगायतका देशबाट ३०० भन्दा बढी सहभागी छन् । वैज्ञानिक सत्रमा १०० भन्दा बढी शोधपत्र प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस