२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी काँग्रेसलाई नै छ’-विमलेन्द्र निधि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी काँग्रेस नै रहेको बताएका छन् ।  

सर्लाहीको हरिवन नगरपालिका-२, अत्रौलीमा आज सहिद सुखदेव महतोको सालिक अनावरण गर्दै नेता निधिले संघीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरु राजनीतिक दलभन्दा काँग्रेसलाई बढी रहेको बताएका हुन् । यो व्यवस्थालाई जोगाइ रहन सके मात्र सहिदप्रति उच्च सम्मान हुने भन्दै नेता निधिले काँग्रेसले धेरै कुरा सहेर यो व्यवस्थालाई जोगाइरहेको जिकिर गरे । 

संयुक्त सरकार रहेको बेला सबै कुरा आफ्नो पार्टीले भनेको नहुने भन्दै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी २०८४ को निर्वाचनलाई लक्षित गरी काम गर्न आग्रह गरे ।  उनले अबको १३ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँगको सात बुँदे सहमतिअनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि काँग्रेसले देखेका सपना पूरा गर्न थप सहज हुँदै जाने बताए । 

पार्टीका पूर्वउपसभापति निधिले पछिल्लो समय मधेस प्रदेशमा योजना छनोटसँग जोडिएका नकारात्मक कुरा आइरहेको भन्दै प्रदेशलाई नै बद्नाम गर्ने काममा नलाग्न जनप्रतिनिधिलाई आग्रह गरे । 

विसं २०५९ वैशाख २१ गते तत्कालीन विद्रोही पक्षले घाँटी रेटेर हत्या गरेका पार्टी नेता एवं साविक अत्रौली गाविसका अध्यक्ष सुखदेव महतोको आधाकदको सालिक अनावरण गरिएको हो । 

कार्यक्रममा काँग्रेस नेता एवं मधेश प्रदेशसभा सदस्य वीरेन्द्र सिंह, गंगीलाल राय, पूर्वमन्त्री शम्भु श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्र सिंहलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस