२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा समितिले भैरहवा विमानस्थलको अध्ययन गर्न उपसमिति गठन गर्ने 

अ+ अ-

काठमाडौँ । संसद्को लेखा समितिमा पोखरा विमानस्थलको उपसमितिले बनाएको प्रतिवेदनको विषयमा छलफल भएको छ । समितिले अब अर्को बैठकबाट भैरहवा विमानस्थलको पनि अध्ययनको लागि उपसमिति बनाउने भएको हो ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अब अर्को बैठकले भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाउने बनाउने बताए ।

सभापति पोखरेलले भने, ‘पोखरा विमानस्थलको विषयमा हामी न्यायिक निकाय हो ? हामीले गर्ने निर्णय नै अन्तिम निर्णय हो । हामीले सरकारलाई झकझकाउने हो । हामीले आफूलाई गाली नगरौँ । हामी यसरी बोल्नु आवश्यक थिएन । पोखरा विमानस्थलको बारेमा अर्को बैठकमा छलफल गरौँ । २३औँ प्रतिवेदनको प्रगति के ? भैरहवा विमानस्थलको छलफलको लागि उपसमिति बनाऊ । त्यो समितिले ७ दिन भित्र प्रतिवेदन बुझाउने गरी काम गरौँ । पोखरा विमानस्थलको प्रतिवेदन उपसमितिले समितिलाई दियो । बाँकी अध्ययन गरौँ । भैरहवा विमानस्थलको विषयमा पनि छलफल गरौँ । समितिको बैठक बसेर भैरहवाको विषयमा समिति बसेर उपसमिति बनाऊ ।’

सांसद मनिस झाले जुन पार्टी भैरहवा विमानस्थलको विषयमा जोडिएका छन् त्यही पार्टीको व्यक्तिलाई उपसमितिको संयोजक बनाउन नहुने बताए । उनले भने, ‘म आफैलाई उपसमितिको संयोजक बनाऊ भनेको होइन । म समितिमा बस्दिन । तर, जुन पार्टी जोडिएको छ, त्यही पार्टीको सांसदलाई उपसमितिमा नराखौँ ।’

सांसद योगेशकुमार भट्टराईले कुनै न कुनै बेला सबै पार्टी सरकारमा गएकोले अब पार्टीको सांसद नबस्ने भन्यो भने अमरेशकुमार सिंह मात्रै योग्य हुने बताए । उनले भने, ‘यो समितिमा भएका धेरै सांसदहरु सरकारमा सहभागी भएका छन् । राप्रपा, माओवादी र रास्वपा पनि सरकारमा थियो । अब यो उपसमितिमा सरकारमा सहभागी नभएको अमरेशकुमार सिंह मात्रै योग्य हुने देखियो । त्यसरी सरकारमा भएको वा नभएको भन्ने विषय आफैले बुझ्नु आवश्यक रहेको छ ।’

समितिका सदस्य श्यमकुमार घिमिरेले पोखरा विमानस्थलको अध्ययनले कसैलाई भ्रष्ट्राचारी हो भनेर तोक्न नमिल्ने बताए । उनले भने, ‘पोखरा विमानस्थलको विषयमा उपसमितिले अध्ययन गरेर समितिलाई प्रतिवेदन दिएको छ । समितिले उपसमिति नै बनाएर पोखरा विमानस्थलको अध्ययन गरेको छ । अब त्यो प्रतिवेदन पनि समितिमा आएको छ । पोखरा विमानस्थलको विषयमा कुरा उठेको छ । त्यसको विषयमा अध्ययन गर्न सरकारलाई पत्र लेखौँ ।’

एमाले सांसद गोकुल बास्कोटाले लेखा समितिको बैठक बैठक जस्तो नभएको बताए । उनले भने, ‘पोखरा विमानस्थलको विषयमा उठका कुराहरू सबै ठिक वा बेठिक भन्ने छैन । विमानस्थलको विषयमा कुरा उठेको छ । अब त्यसको सोधपुछ सुरु गरौँ । कसैलाई जोगाउने भन्ने हुँदैन । कुनै समितिमा कुनै व्यक्ति हुने वा कुनै व्यक्ति नहुने भन्ने हुन्छ रु कसले छानबिन गर्न हुँदैन भनेको छ । यो विषयमा जति छलफल गरे पनि निष्कर्मा पुग्न सकिँदैन । हामीसँग छानबिन गर्न सक्ने क्षमता छैन । कानुनभन्दा माथि कोही पनि छैन । कानुनले ठिक छ भनेको मान्छेलाई समितिले ठिक छैन भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस