१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम बजार व्यवस्थापनमा रोजगार बैंक

अ+ अ-

परिचय

रोजगार बैंक एक प्रकारको संस्था वा प्रणाली हो, जसले रोजगारी खोज्ने व्यक्ति र रोजगारदातालाई एउटै प्लेटफर्ममा ल्याउने कार्य गर्छ । यसले बेरोजगारी न्यूनीकरण, श्रमिक एवम् रोजगारदाता बीचको समन्वय र सहकार्य तथा सीप विकास, श्रम बजारमा स्थिरता र समावेशिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । यसले रोजगारीका अवसरहरू खोज्न, उपलब्ध गराउन र तालिमका कार्यक्रमहरूको माध्यमबाट श्रमिकहरूको सीप र क्षमता वृद्धि गर्न मद्दत गर्दछ । यसले श्रम बजारमा रोजगारीको पहुँच बढाउने, सूचना प्रवाहमा सुधार गर्ने र विशेष गरी रोजगारीका अवसर र पहुँचबाट वञ्चित समूहहरूका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने र सहज पहुँच कायम गर्ने कार्यमा केन्द्रित हुने गर्छ । 

नेपालको श्रम बजारमा असंगठित क्षेत्रको हिस्सा उच्च रहेको छ । लाखौँ नेपालीहरू वैदेशिक रोजगारीमा रहेका छन् । शिक्षा र सीपको बीचमा असन्तुलन रहेको छ । रोजगारीमा महिलाहरूको पहुँच न्यून छ । ग्रामीण क्षेत्रमा रोजगारीको अवस्था दयनीय रहेको छ । त्यसैले नेपालको श्रम बजारलाई मध्यनजर गर्दै रोजगार बैंकले रोजगारीका अवसर र बेरोजगार व्यक्तिहरूको आवश्यकता, जानकारी तथा सूचनाहरूलाई एकत्रित गरी बेरोजगार व्यक्तिहरूलाई उपयुक्त रोजगारीका अवसरमा जोड्ने, सीप विकासका कार्यक्रमहरू आयोजना गर्ने र श्रम बजारका प्रवृत्तिहरूको बारेमा जानकारी प्रदान गर्ने कार्य गर्नु पर्दछ । जसले आन्तरिक र वैदेशिक श्रम बजारमा नेपाली श्रमिकहरूको पहुँच अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ ।

रोजगार बैंकको विकास क्रम 
रोजगार बैंकको अवधारणाको विकास १८औँ शताब्दीको अन्त्यतिर सुरु भएको हो । औद्योगिक क्रान्ति पछि धेरै देशहरूले बेरोजगारीको समस्या खेपिरहेको थियो । औद्योगिकीकरणले उद्योगहरूमा कामको माग बढ्दै गयो । कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरू उद्योग क्षेत्रको काममा शहरतर्फ पलायन भयो । जसले गर्दा रोजगारीको माग र आपूर्ति बीच असन्तुलन भयो । बेरोजगारी बढ्न थाल्यो । श्रमिकहरूलाई रोजगारी खोज्न कठिनाइको सामना गर्नु परेको थियो । श्रम व्यवस्थापन र रोजगार सेवाको आवश्यकता महसुस हुन थाल्यो । 

सन् १८३४ मा जर्मनीको ह्यामबर्गमा श्रमिकहरूको श्रम व्यवस्थापनका लागि पहिलो पटक रोजगार कार्यालय स्थापना गरिएको थियो । सन् १९०९ मा बेलायतले लेबर इक्सचेन्ज एक्ट अन्तर्गत रोजगार कार्यालयको स्थापना गरी रोजगार सेवाको सुरुआत गरिएको थियो । यसले श्रमिक र रोजगारदाता बीचको दूरीलाई कम गर्ने कामको सुरुआत भयो । त्यसपछि युरोपेली देश, अमेरिका भारत लगायत अन्य विकासशील देशहरूमा पनि रोजगार सेवा प्रदान गर्न र रोजगार व्यवस्थापन तथा बेरोजगारी न्यूनीकरणका लागि रोजगार कार्यालयहरूको स्थापना हुन थाले । 

सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना पछि विश्वव्यापी रूपमा श्रम तथा रोजगार व्यवस्थापन र मर्यादित कामका लागि आवश्यक पहल गर्न थालियो । जसले विश्वभर रोजगार बैंकको आवश्यकता र विकासलाई सुदृढ बनाउँदै गयो । जसले बेरोजगार व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्ने र रोजगारदाताहरूलाई योग्य जनशक्ति उपलब्ध गराउने कामको सुरुआत भएको थियो । त्यसपछि विभिन्न मुलुकहरूले रोजगार कार्यालयको स्थापना गर्ने थालनी गरेको देखिन्छ । यस्ता रोजगार कार्यालयहरू नै रोजगार बैंकको रूपमा कार्य गरेको देखिन्छ । नेपालमा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरू र रोजगार सूचना केन्द्र हाल रोजगार सेवा केन्द्रले रोजगार व्यवस्थापनको कार्य गर्दै आएका छन् । 

सन् १९९० को दशकमा इन्टरनेटको विकाससँगै विभिन्न देशहरूमा अनलाइन रोजगार पोर्टलहरूको स्थापना भयो । सन् १९९४ मा भारतमा नोकरी डट कम त्यसपछि मोन्स्टर डट कम र नेपालमा मेरोजब डट कम, कान्तिपुर डट कम जस्ता निजी अनलाइन पोर्टलहरू स्थापित भएको थियो । यी जब पोर्टलहरूले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूलाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्न थाले । रोजगार बैंकहरू पनि अनलाइन प्लेटफार्म (जब पोर्टल) मा स्थानान्तरण हुन थाले । जसले बेरोजगार व्यक्तिहरूलाई छिटो, सजिलो र सहज रूपमा रोजगारीको अवसर उपलब्ध हुन थाल्यो । यसले लाखौँ व्यक्तिहरूलाई रोजगारीका अवसरहरू उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । 

स्मार्टफोन र इन्टरनेटको बढ्दो प्रयोगसँगै रोजगार बैंकहरू पनि मोबाइल एप्स मार्फत सेवा प्रवाह गर्न थाले । कृत्रिम बौद्धिकता, बिग डेटा र मेसिन लर्निङ्ग जस्ता प्रविधिहरूको बढ्दो प्रयोगले रोजगारी खोज्ने र रोजगारदाता बीचको कन्नेक्टीभिटीलाई अझ प्रभावकारी बनाउन थाले । यसले व्यक्तिहरूलाई जुनसुकै स्थानबाट रोजगारी खोज्न र आवेदन दिन सजिलो बनाउनुको साथै उपयुक्त रोजगारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्‍यो । नेपालमा पनि मोबाइल एप्स र अनलाइन पोर्टलहरूको प्रयोग मार्फत सरकारी र निजी क्षेत्रले रोजगार सेवा प्रवाह गर्ने गरेको देखिन्छ ।

रोजगार बैंकको उद्देश्य|
रोजगार बैंकको उद्देश्य भनेको बेरोजगार व्यक्तिहरूलाई रोजगारीका अवसर प्रदान गर्नु, रोजगारदाताहरूलाई आवश्यक सीप र योग्यता भएका श्रमशक्ति खोज्न सहयोग गर्नु तथा श्रम बजारमा पहुँचलाई सहज बनाउँदै रोजगारी प्राप्त गर्न सक्षम बनाउनु हो । यसको मुख्य उद्देश्यहरू यस प्रकार रहेका छन् । 

रोजगारीका अवसरमा पहुँच अभिवृद्धि: रोजगारी खोज्ने व्यक्तिहरूलाई श्रम बजारमा उपलब्ध उपयुक्त रोजगारीका अवसरहरूमा जोड्ने ।

सूचना तथा सेवा प्रवाह: रोजगारीका अवसरहरूको बारेमा विस्तृत जानकारी, सूचना तथा परामर्श उपलब्ध गराउने र रोजगार सेवा आवश्यक भएका व्यक्तिहरूलाई रोजगार सेवा प्रदान गर्ने । 

सीप विकास: बेरोजगार व्यक्तिहरूको रोजगारयोग्य क्षमता बढाउन विभिन्न किसिमका सीप एवम् क्षमता  विकास कार्यक्रमहरू सञ्चालन गर्ने ।

श्रम उत्पादकत्व बढाउने: रोजगारदाताहरूलाई आवश्यकता अनुसारको दक्ष जनशक्ति उपलब्ध गराएर रोजगार बैंकले श्रम उत्पादकत्व बढाउन सहयोग गर्ने ।

सामाजिक र आर्थिक सुधार: रोजगारीका अवसरहरूमा सहज पहुँच कायम गरी उपयुक्त रोजगारीबाट प्राप्त आम्दानीले व्यक्तिहरूलाई आर्थिक रूपमा सक्षम र सबल बनाउन शिक्षा, स्वास्थ्य, पोषण जस्ता क्षेत्रहरूमा लगानी गर्न सक्ने क्षमता बढाउने । 

समावेशी रोजगारी: रोजगारीका अवसरहरूबाट वञ्चित समूह विशेष गरी महिला, दलित, अपाङ्ग र अन्य वञ्चित समुदायलाई रोजगारीमा सहज पहुँच सुनिश्चित गर्न सहयोग गर्ने ।

श्रम बजार व्यवस्थापनमा रोजगार बैंकको भूमिका
श्रम बजार व्यवस्थापनमा रोजगार बैंकले श्रमशक्तिलाई प्रभावकारी ढंगले परिचालन गर्न र रोजगारीका अवसरहरु सिर्जना गर्न महत्वपूर्ण हुन्छ । रोजगार बैंकको मुख्य भूमिका भनेको श्रमिक र रोजगारदाता बीच सञ्जाल निर्माण गर्दै उपलब्ध जनशक्ति र रोजगारीका अवसरहरुको सही मिलान गराउनु हो । यसले श्रमिक र रोजगारदाता बीचको सन्तुलन कायम राख्न, बेरोजगारी कम गर्न, श्रम बजारमा दक्ष एवम् सीपयुक्त श्रमिकहरुको पहुँच अभिवृद्धि गर्न र श्रम बजारलाई गतिशील एवम् चलायमान बनाउन मद्दत गर्दछ । रोजगार बैंकका मुख्य भूमिकाहरू यस प्रकार रहेका छन् ।

१. सूचना प्रवाहः रोजगार बैंकले रोजगारीका अवसरहरूको जानकारी, श्रम बजारका प्रवृत्ति र पूर्वानुमान तथा माग र आपूर्ति आदि बारे विस्तृत जानकारी, सूचना, परामर्श र सेवा प्रदान गर्दछ । यसले व्यक्तिहरुलाई उपयुक्त रोजगारी छनौट वा प्राप्त गर्न सही र सटिक निर्णय लिन सघाउँछ । जसले श्रम बजारमा पारदर्शिता ल्याउँछ ।

२. रोजगारीमा पहुँचः रोजगार बैंकले सबै वर्गका व्यक्तिहरूलाई रोजगारीको अवसरमा समान र सहज पहुँच उपलब्ध गराउँदछ । जसले समावेशी विकासमा योगदान पुर्‍याउँछ ।

३. श्रमिक र रोजगारदाता बीचको सञ्जालः रोजगार बैंकले रोजगारी खोज्ने व्यक्तिहरू र रोजगारदाताहरू बीचको सञ्जाल स्थापित गर्दछ । यसले व्यक्तिहरूको सीप, योग्यता र अनुभव अनुसारको उपयुक्त रोजगारीको अवसरहरू उपलब्ध गराउँदछ, जसले श्रम बजारको सन्तुलन कायम गर्न सहयोग पुर्‍याउँछ ।

४. सीप तथा क्षमता विकास तालिमः रोजगार बैंकले सिप तथा क्षमता विकासका कार्यक्रम वा तालिमहरू पनि सञ्चालन गर्ने कार्य गर्दछ । जसले श्रम बजारको माग अनुसारको दक्ष, व्यवसायिक एवम् सीपयुक्त जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउँछ । यसले श्रम बजारको सन्तुलन, स्थिरता, गतिशिलता कायम गरी रोजगारयोग्य क्षमताको स्तरलाई वृद्धि गर्छ र दीर्घकालीन रुपमा रोजगारीको सुरक्षामा मद्दत गर्दछ ।

५. रोजगार नीति तथा कार्यक्रमहरूको कार्यान्वयनः रोजगार बैंकले रोजगार नीति, योजना तथा कारयक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुर्‍याउँछ । जसले सरकारलाई श्रम बजार व्यवस्थापन तथा बेरोजगारी न्यूनीकरण गर्न आवश्यक कदम चाल्न मद्दत गर्दछ ।

६. बेरोजगारी न्यूनीकरणः रोजगार बैंकले बेरोजगार व्यक्तिहरूलाई छिटो, सहज, उपयुक्त र व्यवस्थित रूपमा रोजगारीका अवसरहरूमा पहुँच कायम गर्दछ । जसले व्यक्तिको आत्मनिर्भरता बढाउँछ भने आर्थिक स्थिरता सुदृढ गर्न सहयोग गर्छ । यसले बेरोजगारीको दर घटाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । 

निष्कर्ष
विभिन्न देशहरूमा बेरोजगारीको समस्यालाई व्यवस्थापन गर्न तथा श्रम बजारलाई सन्तुलनमा राख्न रोजगार बैंकको विकास एक साकारात्मक पहलको रुपमा रहेको छ । रोजगार बैंक रोजगारी दिने संस्था मात्र होइनन्, यो व्यक्तिगत सीप विकास, करियर परामर्श र दीर्घकालीन रोजगारीको सुरक्षामा समेत केन्द्रित हुने गर्छ । श्रम बजारको व्यवस्थापन एवम् प्रभावकारी सञ्चालन गर्न तथा व्यक्तिहरूलाई आर्थिक रूपले सशक्त बनाउन यसले भरपूर सहयोग गर्दछ । रोजगार बैंकले बेरोजगार व्यक्तिहरुलाई रोजगारीका अवसर प्रदान गरी सामाजिक तथा आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दछ । रोजगार बैंकको विकासक्रमले विश्वव्यापी रुपमा रोजगारदाता र रोजगारी खोज्ने बीचको सञ्जाल र सम्बन्धलाई व्यवस्थित बनाउँदै रोजगारी प्राप्त गर्ने प्रक्रियालाई सरल, सहज, पहुँचयोग्य, पारदर्शी र व्यवस्थित बनाउँदछ । यसले बेरोजगारी दर घटाउन तथा श्रम बजारमा स्थिरता कायम गर्न सघाउँछ । तसर्थ हरेक स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रले नै रोजगार बैंकको रुपमा काम गरी रोजगार सेवाको सञ्चालन तथा श्रम बजार व्यवस्थापन गर्ने कार्य गर्नु पर्दछ र यसको नेतृत्व स्थानीय तहले नै लिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस