१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहको दाबी-‘नेपालको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको छ’

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आयोजना गरेको बृहत् खुला रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

राष्ट्र बैंक लगायत विभिन्न स्रोतका तथ्यांकहरूले अर्थतन्त्र बिस्तारै सुधारको क्रममा रहेको स्पष्ट पार्ने बताए । उनले कार्यक्रममा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले स्थानीय व्यापारीहरूको हितका लागि सक्रिय भूमिका खेलिरहेको उल्लेख गर्दै मन्त्री सिंहले यस्ता अभियानले सामाजिक उत्तरदायित्व निर्वाह गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

स्वास्थ्य सेवाको पहुँच अभाव भइरहँदा नि:शुल्क स्वास्थ्य शिविरको महत्त्व झनै बढेको मन्त्री सिंहको भनाइ छ ।

उनले भने, ‘‘नेपालको अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक हुँदै गएका छन् । समाचारका आधारमा मात्र नभई राष्ट्र बैंकदेखि सबैको तथ्यांक हेर्‍यौँ भने अर्थतन्त्र लय समाउने दिशातर्फ हिँडिरहेको छ । व्यापारीको हितका लागि काम गरिरहेको नयाँ बानेश्वर व्यापार व्यवसायी संघ लागेको छ । बिरामीको आकस्मिक उपचारका लागि काठमाडौँ फ्रि हेल्थ क्याम्पले सहयोग गर्ने छ ।’’

आम नागरिकले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य शिविरहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले यस्ता शिविरहरू देशभर आयोजना गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस