१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने-‘संविधान संशोधन काँग्रेस-एमालेको प्राथमिकतामा परेन’

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् ।

मे दिवसको अवसरमा बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०८७ मा संविधान संशोधन हुने ओलीको भनाइ समेत स्मरण गरेका छन् ।

संसारका धेरै देशमा सबैभन्दा ठूलो पार्टी सरकारमा जाने र दोस्रो ठूलो पार्टी प्रतिपक्षमा बस्ने अभ्यास विपरीत नेपालमा दुई ठूला पार्टी मिलेर सरकार चलाएको उनले बताए ।

‘संविधान संशोधन गर्नुपर्ने भएकोले मिल्नुपर्‍यो भनेर व्याख्या पनि गरेका छन्,’ उनले भने, ‘सरकारमा गएपनि संविधान संशोधन गर्नेमा बेलाबखतमा चर्चा गर्ने बाहेक उनीहरूको त्यो प्राथमिकतामा पर्दैन । हुँदा-हुँदा २०८७ मा संविधान संशोधन गर्ने भनेर त्यसलाई पन्छ्याउने काम गरेको पाइन्छ ।’

अध्यक्ष नेपालले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्यांकन र समीक्षा गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । ‘हाम्रो देशमा पनि २०७२ सालमा संविधान बनायौँ । त्यो संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गर्नुपर्ने काम पनि गरिएको छ,’ उनले भने, ‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकारलाई सुनिश्चित गर्ने गरी संविधानमा व्यवस्था गरिएको छ ।’

उनले संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन नसकेको धारणा राखे । ‘संविधानको कागजमा लेखिएको भए पनि त्यो व्यवहारमा लागू हुन सकेको छैन । व्यवहारमा लागू गर्ने कसरी यसको बारेमा गहिरो चिन्तन पनि छैन, बहसको पनि आवश्यकता महसुस गरिँदैन,’ उनले भने, ‘आफू सत्तामा कसरी पुग्ने, त्यस हिसाबले समय बिताउने काम गरिएको पाइन्छ ।’

राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेर आफ्नो वास्तविक रूप देखाएको उनले टिप्पणी गरे । ‘अस्ति भर्खरै देख्नुभयो, इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउन मान्छेहरूले कोसिस गरेका थिए । उनीहरूले हामीले गरेकै कार्यक्रमको दिनमा अर्को आमसभा गरे । उनीको आमसभा अत्यन्तै हिंसात्मक रह्यो, हाम्रो पार्टी कार्यालयमा आगो लगाए । समान चोरेर लगे, तोडफोड गरे, यति सम्मकी मेरो घरमा पनि आक्रमण गरे । व्यापारीहरूको पसलमा पनि आगजनी गरे । निजी घरहरूमा पनि आक्रमण गरे र उनीहरूले आफ्नो वास्तविक रूप देखाए,’ उनले भने ।

अध्यक्ष नेपालले भने, ‘यिनीहरूको हातमा शासन जाने हो भने कसरी चलाउँदा रहेछन् त्यो कुरा उनीहरूले आफ्नो संस्कार देखाए ।’

त्यही दिन समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको उनले जिकिर गरे । ‘हाम्रो कार्यक्रमले जनतामा उत्साह बढायो, राम्रो सन्देश दियो । प्रतिगामीहरूले गरेको कार्यक्रमले जनतामा वितृष्णा बढायो,’ उनले भने, ‘त्यसैले राजसंस्था फर्कने सम्भावना छैन । कसैले कल्पना गरेको छ भने त्यो सपना नदेख्न म आग्रह गर्छु ।’

उनले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडि बढाउने र भएका कमजोरीहरूलाई सुधार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस