१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्कन चिकित्सकलाई शिक्षा मन्त्रालयको आग्रह

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह गरेको छ । 

मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह हो ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार सापकोटाले आन्दोलनरत निजी कलेजका आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्केर बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेका हुन् ।  

वैशाख १६ गते शिक्षा मन्त्री रघुजी पन्तसँग एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा।ज्ञानेन्द्रमान सिंह कार्कीको प्रतिनिधि मण्डलबिच छलफल भएको थियो ।

सोही छलफलमा डा. कार्कीले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकबाट निर्देशन भए बमोजिम सम्पूर्ण आवासीय चिकित्सकलाई बैठकबाट पारित भएको निर्वाह भत्ता मासिक ४८ हजार ७३७ रकम प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजको तर्फबाट सम्बन्धित शिक्षण संस्थामा उपस्थित हुनासाथ उपलब्ध गराउने प्रतिबद्धता गरेको उनको भनाइ छ । 

आयोगको १६ औँ बैठक गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको भए पनि शिक्षा मन्त्रालयमा वैशाख ६ गते निजी सञ्चालकले ४८ हजार ७३७ मात्र उपलब्ध गराउने प्रतिबद्धता गरेकोमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले आपत्ति जनाएका छन् । 

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको आह्वानमा विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सक आफ्नो हकहितका लागि लामो समयदेखि आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस