काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको सहमतिमा हस्ताक्षर भने भइसकेको छैन ।
वार्ता सकेर मन्त्रीहरू क्याबिनेट बैठक बस्न हिँडेका छन् ।
मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका केही माग सम्बोधन गरेपछि सम्झौता हुने र औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।