१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन काउन्सिलले लियो पहल

अ+ अ-

काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म हुन लागेको सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन प्रेस काउन्सिल नेपालले पहल लिएको छ ।

सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चासोको विषय बनाउन सञ्चार माध्यमको भूमिकालाई प्रभावकारी कसरी बनाउने भन्नेबारे बुधबार काउन्सिलले सम्बद्ध पत्रकारसँग सुझाव लिएको हो ।

विश्वमा नै जलवायु परिवर्तनबाट परेको प्रभाव असर कारण र मानव जातिको भूमिकाबारे नेपालले अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम गर्न लागेको हो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले सम्प्रेषण गर्ने विषयवस्तु प्रभावकारी हुन सके नेपालको प्रयास सफल हुने विश्वास व्यक्त गरे ।

काउन्सिल सभा हलमा भएको जलवायु परिवर्तन सगरमाथा संवाद र मिडियाको भूमिका विषयक कार्यक्रममा अध्यक्ष बस्नेतले वातावरण तथा जलवायुको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरूबाट सुझाव संकलन गरी सरकारलाई सगरमाथा संवाद कार्यक्रम विश्वव्यापी बनाउन चाल्नुपर्ने कदमबारे रणनैतिक सुझाव दिइने बताए ।

“जलवायु परिवर्तनका विषयमा सरकार, सञ्चार माध्यम र पत्रकारलाई एक ठाउँमा राखेर काम गर्न काउन्सिलले पुलको काम गर्छ ।’’ उनले भने, “नेपालका हिमालयदेखि समुन्द्री सतहसम्मका समस्या नेपालका मात्र नभई विश्वकै हुन् यी विषय सगरमाथा संवादमा उठ्नुपर्छ ।’’

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ पत्रकार कमलदेव भट्टराई, रमेश भुसाल र श्रीराम सुवेदीले नेपाली सञ्चार माध्यमले घटना प्रधान विषयवस्तु प्रधान जानकारी आम मानिससमक्ष पुर्‍याउन सक्नुपर्ने बताए ।

सरकारले अन्तर्राष्ट्रिय सञ्चार माध्यम र पत्रकारलाई समेत समेटेर सगरमाथा संवादको विषयलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रभावकारी रूपमा लैजान सक्ने सुझाव उनीहरूको थियो ।

प्रतिक्रिया दिनुहोस