१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमत–नाउपा एकता घोषणा स्थगित

अ+ अ-

काठमाडौँ । जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जनमतका अध्यक्ष सीके राउतले जानकारी दिए ।

राउतले भने, ‘रेशमजीलाई प्रहरीले पक्राउ गरेकाले हाल स्थगित गरेका छौँ । यो घटनाको हामी भर्त्सना गर्दै छौँ । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौँ ।’

दुई पार्टीबीच बुधबार एकता घोषणा गर्ने तयारी थियो । यसका लागि देशभरबाट नेता कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भएका थिए । चौधरी पक्राउ परेपछि नेता तथा कार्यकर्ताले प्रज्ञा परिसरमा केहीबेर नाराबाजी गरेका थिए ।

सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले चौधरीलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए । सर्वोच्चको आदेश कार्यान्वयन गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराले बताए । चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइसकिएको प्रहरीले बताएको छ ।

२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।

यस्तै मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको थियो । साथै इजलासले रिललाई पुनः पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस