१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री पाण्डेले भने-‘पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ’

अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने उद्घोष गरेका छन् ।

बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताए ।

उनले अब चाँडै नै उक्त मस्यौदालाई चाँडै नै मन्त्रीपरिषद् हुँदै संसदमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहरको केन्द्रबिन्दु रहेको बताउँदै उनले पशुपतिनाथले नेपालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएको बताए ।

मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रूपमा रहेको पशुपति नाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता समेत दोहोर्‍याए । पछिल्लो समय नराम्रा कुराको अत्याधिक प्रचार प्रसारका कारण राम्रा कुराहरू ओझेलमा परेको प्रति चिन्ता जाहेर गरेका छन् ।

पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्वहरूको पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मुलुक बनाउनका लागि बौद्धिक व्यक्तित्वहरूको आवश्यकता औँल्याए ।

त्यसैगरी उनले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी विकास कोष र पशुपति विकास कोषबिच एक आपसमा सहकार्यसहित अघि बढ्न सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस