काठमाडौँ । दुई सचिवहरूको जिम्मेवारी तोकिएको छ । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले पठाएका दुई प्रदेश सचिवहरूलाई जिम्मेवारी दिएको हो ।
बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको सचिवहरूको जिम्मेवारी तोक्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
जसअनुसार वसन्त प्रसाद कोइरालालाई सामाजिक विकास मन्त्रालय र प्रमोद भट्टराईलाई वन तथा वातावरण मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी तोकिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले ती सचिवहरूलाई जिम्मेवारी दिइएको मन्त्रालयले स्रोतले प्रशासनलाई जानकारी गराएको छ ।