१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुर पुगेर सहिद परिवारसँग ‘प्रचण्ड’ले गरे भेट, न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता

अ+ अ-

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) बेलौरी नगर कमिटीको आयोजनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिका-५ स्थित शोभा ताल प्रांगणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन्।

कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उहाँहरूको परिवारप्रति सम्मान व्यक्त गरेका हुन्।

भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै अध्यक्ष ‘प्रचण्ड’ले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्दै न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

त्यसअघि आजै बिहान पुनर्वासमा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई पनि अध्यक्ष प्रचण्डले सम्मान गरे।

पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले जनयुद्धमा ज्यान उत्सर्ग गरेका योद्धाहरूको परिवारलाई सम्मान गरेका हुन्। उक्त वडाबाट मात्र १५ जना योद्धाहरूले जनयुद्धमा प्राण आहुति दिएका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ले सहिदको योगदानलाई युगौँसम्म सम्झिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल परिवार दल परित्याग गर्दै विष्णु कुमारी लामिछाने बिके माओवादी केन्द्रमा प्रवेश गरे। अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस