काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेर २६३१.९० विन्दुमा अडिएको छ।
यो समयमा ४४ स्क्रिप्सको ३ लाख ३७ हजार ४३६ कित्ता सेयर २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १८ स्टक्सको मूल्य बढ्दा २५ वटाको घटेको छ ।