काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ ।
मंगलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु ५ रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।